फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार पनि सुनको मूल्य ६ सय रुपैयाँले घटेको थियो । 

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij