सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ आजको कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ आजको कारोबार ?

बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाला सुनको मल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।

    मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै बुधबार सुनको मुल्य  ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७६ हजार रुपैयाँ कायम भएको छ । 

    आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटको छ । आज चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलामा २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij