विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुखमा भट्ट

विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुखमा भट्ट

सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुखमा भट्ट

    काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेशप्रसाद भट्ट नियुक्त भएका छन्। सोमवारको मन्त्रिपरिषद्को बैठकले भट्टलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । 

     नियुक्तिका लागि गठित सिफारिस समितिले भट्ट, सुमनकुमार कर्ण र मन्दिप सुवेदी गरी तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। नवनियुक्त प्रमुख भट्ट वातावरण तथा जलवायु परिवर्तनका  विज्ञ हुन्। उनले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, थापाथलीलगायत विभिन्न क्याम्पसहरूमा दुुई दशकबढी अध्यापन गरेका थिए।

     उनले विश्व बैंक, एसियन विकास बैंक, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, विश्व स्वास्थ्य संगठन, खाद्य तथा कृषि संगठन, स्विस विकास सहयोग, फिनिस विकास संस्था र ग्रीन क्लाइमेट फण्ड जस्ता अन्तर्राष्ट्रिय संस्थाद्वारा सञ्चालित परियोजनाहरूमा परामर्शदाता भएर कार्य गरिसकेका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij