काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुनको मुल्य सोही रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी प्रतितोला २ हजार ४० रुपैयाँमा कायम भएको महासंले जनाएको छ। हिजो चाँदीको मुल्य प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।