काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ७४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ७४ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मुल्य प्रतितोला २ हजार ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।