बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन आह्वान

बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन आह्वान

शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन आह्वान

    काठमाडौं । बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौं तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयमा कक्षा ५ देखि आवासीय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययन गर्न चाहनेका लागि आवेदन आह्वान गरिएको हो । 

    जसअनुसार २०७१ वैशाख १ देखि २०७२ चैत ३० गतेसम्म जन्म भई कम्तीमा ३ र ४ कक्षामा अभिभावकको बसोबास भएको जिल्ला वा छिमेकी जिल्लाको सामुदायिक विद्यालयमा नियमति रूपमा अध्ययन गरी शैक्षिक सत्र २०८१ मा कक्षा ४ अध्ययन पूरा गरेका लक्षित छात्र तथा छात्राले बुढानीलकण्ठ स्कुल अध्ययनको अवसर पाउनेछन् । 

    बूढानीलकण्ठ स्कुलमा ४२ जना अरू साझेदारी स्कुलहरूमा ७७ जनालाई कक्षा पाँचदेखि छात्रवृत्तिमा पढाउनका लागि आवेदन खुला गरिएको हो।

    बुढानीलकण्ठमा ४२ जनामध्ये पचास प्रतिशत छात्रा रहनेछन्। त्यस्तै लोपोन्मुख जातजातिबाट ४ जना, मुस्लिमबाट १ जना, मधेसीबाट ४ जना, जनजातिबाट ५ जना र पिछडिएको क्षेत्रबाट २ जना छानिनेछन्।

    खुला र आरक्षण गरी एक जिल्लाबाट एक जनाभन्दा बढी नहुनेगरी ४० जना विद्यार्थी परीक्षाबाट छनोट हुने सूचनामा उल्लेख छ।

    दुई जना भने विद्यालय रहेको बूढानीलकण्ठ नगरपालिकाकाबाट छनोट गरिनेछ। दुई जनामा एक छात्र र एक छात्रा छनोट हुनेछन्। त्यस्तै साझेदारी कार्यक्रम अन्तर्गतका साझेदारी स्कुलमा ७७ जनालाई छात्रवृत्ति दिइनेछ।

    धनकुटाको शीतलादेवी माध्यमिक विद्यालय, सर्लाहीको नवजीवन माध्यमिक विद्यालय, काठमाडौंको कुलेश्वर आवास माध्यमिक विद्यालय, कास्कीको जनता माध्यमिक विद्यालय र कैलालीको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय साझेदारी कार्यक्रमा सहभागी छन्।

    ती विद्यालयहरूमा छात्रवृत्तिमा पढ्नका लागि २६ जना छात्रा, दलिततर्फ ५ जना, मुस्लिमतर्फ ६ जना, जनजातितर्फ ९ जना, सहिद तथा द्वन्द्वपीडित परिवारका सन्तति र वैदेशिक रोजगारका क्रममा मृत्यु भएका परिवारबाट १ जना छनोट हुनेछन्।

    परीक्षामा सहभागी हुनका लागि चैत २७ गतेसम्म फाराम बुझाउनुपर्नेछ। फारामको दस्तुर एक सय रूपैयाँ तोकिएको छ।

    budhanilkantha-school-1741919340.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij