देशभर बढ्दै गर्मी, भैरहवाको तापक्रम ३४ डिग्री सेल्सियस पुग्ने अनुमान

देशभर बढ्दै गर्मी, भैरहवाको तापक्रम ३४ डिग्री सेल्सियस पुग्ने अनुमान

बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • देशभर बढ्दै गर्मी, भैरहवाको तापक्रम ३४ डिग्री सेल्सियस पुग्ने अनुमान

    काठमाडौं । देशभर गर्मी बढ्दै गएको छ । आज देशभरका ९ स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस बढी पुग्ने जनाइएको छ । 

    आज भैरहवाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । यस्तै, दिपायलको तापक्रम ३० डिग्री सेल्सियस, नेपालगन्ज र धनगढीको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने महाशाखाको अनुमान छ ।

    यस्तै गोराहीको ३०, सिमराको ३२, विराटनगर र धरानको ३१ पुग्ने हुनेछ । महाशाखाका अनुसार जनकपुरको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

    आज सबैभन्दा कम तापक्रम जुम्लामा (शून्य डिग्रीसम्म) पुग्ने देखिन्छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij