डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता पाँच वर्षे किस्ताबन्दीमा बुझाउन पाइने

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता पाँच वर्षे किस्ताबन्दीमा बुझाउन पाइने

मंगलवार, पौष २४ २०८०
मंगलवार, पौष २४ २०८०
  • डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता पाँच वर्षे किस्ताबन्दीमा बुझाउन पाइने

    काठमाडौँ । नेपाल  विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता महसुल बुझाउन पाँच वर्षको  म्याद दिएको छ ।  प्राधिकरणले मंगलवार सार्वजनिक सूचना जारी गर्दै अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो ।
     
    प्राधिकरणको पुस १६ गतेको सञ्चालक समितिको बैठकले  बक्यौता रकम किस्ताबन्दीमा बुझाउने विशेष व्यवस्था गरेको सूचनामा जनाइएको छ । यो व्यवस्था एक पटकका लागि गरिएको पनि प्राधिकरणले स्पष्ट गरेको छ । प्राधिकरणका अनुसार ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता छ । बक्यौता नबुझाएका २४ उद्योगको विद्युत् सेवा कटौती गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij