काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य २७ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँका कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ७ सय रुपैयाँले घटेर १ लाख ६७ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो।