वर्षाका कारण खेल रद्द, अंक बाँडेसँगै फाइनलमा नेपालले नेदरल्याण्ड्ससँग भिड्ने

वर्षाका कारण खेल रद्द, अंक बाँडेसँगै फाइनलमा नेपालले नेदरल्याण्ड्ससँग भिड्ने

आइतवार, फाल्गुण २० २०८०
आइतवार, फाल्गुण २० २०८०
  • वर्षाका कारण खेल रद्द, अंक बाँडेसँगै फाइनलमा नेपालले नेदरल्याण्ड्ससँग भिड्ने
    काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अङ्क बाडेका छन । 
     
    योसँगै उक्त प्रतियोगिताको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन् । नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल चार अङ्क जोड्दै फाइनमा पुगेको छ । यता नामिबियाले भने तीन अङ्क जोड्यो । 
     
    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा चार विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको थियो । त्यसपछि वर्षा भएसँगै खेल रोकिएको थियो । खेल रोकिनुअघि नामिबियाका लागि जान लोफ्टी इएटनले ३४ रन र जिन ग्रिन ११ रन बनाएर खेलिरेहेका थिए ।
     
    लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । त्यस्तै नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको थियो । फाइनल खेल यही फागुन २२ गते हुनेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij