फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, पौष २४ २०८०
मंगलवार, पौष २४ २०८०
  • फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार पनि सुनको मूल्य ७ सय रुपैयाँले घटेको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij