फागुन महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

फागुन महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • फागुन महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

    काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले फागुन महिनाका लागि निक्षेपको ब्याजदर यथावत राखेका छन्। माघ महिनाको तुलनामा फागुन १ गतेदेखि लागू हुने गरि ब्याजदर यथावत राखिएको हो।

    माघ महिनामा औषतमा ६.००१ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, फागुन महिनामा पनि ६.००१ प्रतिशतविन्दु नै रहेको छ।

    २० बैंकहरुमध्ये १९ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी २ वाणिज्य बैंकहरुमध्ये १ वाणिज्य बैंकले भने बढाएको छ।

    माघको तुलनामा फागुनमा ग्लोबल आइएमई ब्याजदर ५.७५ प्रतिशतबाट ६ प्रतिशत पुर्याएको छ। फागुनका लागि एनआईसी एसिया बैंकको ब्याजदर सबैभन्दा धेरै ६.६ प्रतिशत छ भने कम कृषि विकास बैंकको छ। कृषि विकास बैंकले फागुनका लागि ५.५१ प्रतिशत ब्याजदर कायम गरेको छ।

    कुन बैंकको ब्याजदर कति ?

    बैंक माघ फागुन
    नबिल बैंक ५.७५ ५.७५
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६.५ ६.५
    माछापुच्छ्रे बैंक ६ ६
    हिमालयन बैंक ६.२५ ६.२५
    नेपाल एसबिआई बैंक ५.५ ५.५
    एभरेष्ट बैंक ६ ६
    एनआईसी एसिया बैंक ६.६ ६.६
    स्ट्यान्डर्ड चार्टर्ड बैंक ६.२५ ६.२५
    लक्ष्मी सनराइज बैंक ५.७५ ५.७५
    कुमारी बैंक ५.९१ ५.९१
    सिद्धार्थ बैंक ६ ६
    सानिमा बैंक ६.०५ ६.०५
    एनएमबि बैंक ६.६ ६.६
    प्रभु बैंक ६.१ ६.१
    ग्लोबल आइएमई बैंक ५.७५ ६
    सिटिजन बैंक ५.६५ ५.६५
    प्राइम कमर्सियल बैंक ६.२५ ६.२५
    कृषि विकास बैंक ५.५१ ५.५१
    नेपाल बैंक  ५.६ ५.६
    राष्ट्रिय वाणिज्य बैंक ^ ^

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij