काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।