काठमाडौं । गाजामा ६ हप्ताका लागि युद्धविराम गर्न इजरायल सहमत भएको छ । इजरायल र हमासबीच गाजामा जारी युद्ध ६ हप्ताका लागि रोक्न इजरायल तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अमेरिकी एक वरिष्ठ अधिकारीका अनुसार शनिबार भएको छलफलपछि इजरायल युद्धविराम गर्न तयार भएको हो। प्रस्ताव अनुसार गाजामा ६ हप्ताको युद्धविरामसँगै हमासले बिरामी, घाइते, वृद्धवृद्धा र बन्धक बनाएका महिलाहरूलाई पनि रिहा गर्नु पर्ने छ। यस विषयमा हमासले भने कुनै प्रतिक्रिया दिएको छैन।
गाजामा इजरायल र हमासबीच पाँच महिनायता द्वन्द्व चर्किएको छ। अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु भएको युद्धका क्रममा ३२ हजारभन्दा बढीले ज्यान गुमाई सकेका छन् ।