काठमाडौं । आज सुनचाँदीको मुल्य १६ सय रुपैयाँले बढेको छ । विहीबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो । आज चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।