काठमाडौं । आज सुनचाँदीको मुल्य २२ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।