काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर आएको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।