काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले छैटौँ सफलता हासिल गरेको छ । टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले ९औं ओभरको पाँचौ र छैटौं बलमा लगातार विकेट लिंदै पार्टटाइम स्पिनल कुशल मल्लले नेपाललाई छैटौं सफलता दिलाएका हुन् ।
मल्लले पाँचौ बलमा नोहाक क्रसलाई अभिनाश बोहोराबाट क्याच गराए भने छैटौं बलमा आर्यन दत्तलाई आउट गराएका हुन् ।
यसअघि करणकेसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट लिंदै सुखद सुरुआत गरेका थिए । त्यसपछि ८औं पहिलो बलमा प्रतिश जिसीले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका हुन् ।