काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको निर्णायक खेलमा नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएको छ। पहिलो ओभरमा बलिङका लागि आएका करण केसीले दुई विकेट लिँदै नेपाललाई राम्रो सुरुवात दिलाएका हुन् ।
पहिलो ओभरमा ४ रन खर्चेर करणले नेदरल्याण्ड्सका ओपनर मिकेल लेभिटलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट गराए । चौथो बलमा मिकेललाई आउट गरेका करणले अन्तिम बलमा साइब्राण्ड इंगेलब्रेक्टलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।