काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मुल्य प्रतितोला १ हजार ८ सय ८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।