डोलेश्वरमा पहिलो पटक बिदेशी संस्थाद्धारा भागवत कथा ज्ञान महायज्ञ सञ्चालन

डोलेश्वरमा पहिलो पटक बिदेशी संस्थाद्धारा भागवत कथा ज्ञान महायज्ञ सञ्चालन

मंगलवार, पौष २४ २०८०
मंगलवार, पौष २४ २०८०
  • डोलेश्वरमा पहिलो पटक बिदेशी संस्थाद्धारा भागवत कथा ज्ञान महायज्ञ सञ्चालन

    भक्तपुर । केदारनाथको सिर डोलेश्वर मन्दीरमा भारतको महाराष्ट्रको एक संस्थाले भागवत कथा ज्ञान महायज्ञ सञ्चालन गरेको छ । केदार नाथको सिर डोलेश्वर महादेव संरक्षण तथा बिकास समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार डोलेश्वर मन्दीमा पहिलो पटक बिदेशी संंस्थाले महायज्ञको कार्यक्रम सञ्चालन गरेका हुन ।  बिकास समितिका अध्यक्ष बस्नेतका अनुृसार चैतन्य सेवा आश्रम महाराष्ट्र, श्रीकृष्ण गौशाला मध्य प्रदेश र मा“ कालिधाम गुजरातको आयोजनामा महायज्ञ सञ्चालन गरिएको हो । 

    doles 1.jpeg

    सो बृहत महायज्ञ सञ्चालन गर्नका लागि चैतन्य सेवा आश्रमका संरक्षक ब्रम्हचारी परम पुज्य सन्त श्री सन्तोष चैतन्यजी महाराजको नेतृत्वमा दुई सय पाँच जना भारतीयको टोली आएको सुर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले बताउँनु भयो । सो भागवत कथा ज्ञान महायज्ञको सोमवार एक समारोहका बीच बागमति प्रदेश सभाका सदस्य किरण थापाले शुभारम्भ गर्दै नेपाल भारतबीचका धार्मिक समान्ताले दुई देशका जनताको सम्बन्ध थप प्रगाढ बनाएको बताउँनु भयो ।

    doles 2.jpeg

    गत वर्ष भारतीय धार्मिक गुरु प्रदिप मिश्राले पर्साको बीरगञ्जमा लगाएको भागवत कथा ज्ञान महायज्ञमा भक्तपुरस्थित केदार नाथको सिर डोलेश्वरको महिमाका बारेमा बिस्तृतमा बर्णन गरेपछि भारतीय धार्मिक पर्यटकको संख्या तीन गुणा बढेको अध्यक्ष बस्नेतको भनाई छ । सो महायज्ञ भारतीय टिभी च्यानलबाट प्रशारण भएपछि भारतीयले सो महिमाका बारेमा थाहा पाएपछि भारतको दक्षिणी क्षेत्रबाट समेत गाडी रिर्जव गरेर डोलेश्वर आउँने क्रम बढेको बस्नेतले बताउनु भयो ।

    doles 3.jpeg

    सात दिन सम्म चल्ने महायज्ञ प्र्रत्येक दिन मध्यान्ह १२ वजेदेखि ३ वजेसम्म चल्ने बताइएको छ । सोहि महायज्ञपछि डोलेश्वर दर्शनका लागि आएका तीन जना भारतीय भक्तजनले मुख्य मन्दीरका आठ वटै ढोकामा चाँदीका ढोका लगाई दिने बचन दिएको समितिले जनाएको छ । त्यसरी चाँदीका ढोका लगाउँन करिव तीन करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

    doles 4.jpeg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij