काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृङ्खलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ११ः३० मा शुरू हुनेछ ।
लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्न लागेको नेपाल आजको खेल जित्दै फाइनलमा स्थान बनाउँन चाहन्छ । यस अघिका तीन खेलमध्ये एक खेलमा मात्र जित हात पारेको नेपालको दुई अंक छ । दुई वटा मात्र खेल खेलेको नेदरल्याण्ड्सले सत प्रतिसत जित हातपार्दै चार अंकसहित पहिलो स्थानमा रहेको छ ।
यसअघिको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित भएको थियो । पहिलो खेलमा नामिबियासंग २० रनले पराजित भएको नेपालले शुक्रबार आफ्नो तेस्रो खेलमा हारको बदला लिदै तीन रनको जित निकालेको थियो। आजको खेल जिते नेपाल फाइनलमा पुग्ने सम्भावना बढ्ने छ ।
लिग चरणको अन्तिम खेलमा भोली नेदरल्याण्ड्स र नामेबिया भिड्नेछन् । फाइनल खेल मंगलबार हुनेछ ।