काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । किर्तिपुर मैदानमा आज भएको खेलमा नामिबियालाई ३ रनले हराउँदै नेपालले पहिलो जित हात पारेको हो ।
नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट बनाउँदै १७७ रनमा समेटियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।
नेपालका लागि करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । त्यसैगरी अभिनास बोहोराले १ विकेट लिए । नामिबियाका स्मिथले अर्धशतक पुरा गरेपनि जित हात पार्न सकेनन् ।
नामेबियाका फ्राइलिन्कले ३७, काट्जेले २५, ग्रीनले २३, ट्रपेलम्यानले १४ र लिङ्गेनले १० रन जोडे । अन्य दुई खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेनन् । नामिबियासँग आज जितेसँगै नेपालले त्रिदेशीय टी–२० सिरिजमा फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।