काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, यसदिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।