त्रिकोणात्मक टी–२० आईमा आज नामिबियालाई हराउनै पर्ने दबाबमा नेपाल

त्रिकोणात्मक टी–२० आईमा आज नामिबियालाई हराउनै पर्ने दबाबमा नेपाल

शुक्रवार, फाल्गुण १८ २०८०
शुक्रवार, फाल्गुण १८ २०८०
  • त्रिकोणात्मक टी–२० आईमा आज नामिबियालाई हराउनै पर्ने दबाबमा नेपाल

    काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दैछ । टीयु क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुने खेलमा जित्नै पर्ने दवाव नेपाललाई रहेको छ । शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपालले आजको खेलमा जित्नै पर्ने हुन्छ ।

    नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो । नेदरल्यान्ड्सले नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै दुुई खेलबाट चार अंक जोड्दै शीर्षस्थानमा छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij