काठमाडौं । दूधको भुक्तानी नदिएको भन्दै दूध उत्पादक किसानहरुले अरनिको राजमार्ग अवरुद्ध गरेका छन् । समयमा नै दूधको भुक्तानी नपाएको तथा गुणस्तरीय दूध बिक्रीमा समस्या आएको काभ्रेको बनेपाको चारदोबाटोमा चक्काजाम गरिएको हो ।
दूधको भुक्तानी र दूध बिक्रीमा सहजताका लागि दुग्ध किसानले विरोध स्वरूप एक घण्टा चक्काजाम गरेका हुन् ।