लस एन्जलस आगलागीमा मृत्यु हुनेको संख्या २४ पुग्यो, २३ जना बेपत्ता

लस एन्जलस आगलागीमा मृत्यु हुनेको संख्या २४ पुग्यो, २३ जना बेपत्ता

मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • लस एन्जलस आगलागीमा मृत्यु हुनेको संख्या २४ पुग्यो, २३ जना बेपत्ता

    काठमाडौं ।  अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता छन् । 

    प्यालिसेड्सको पहाडी क्षेत्रबाट सुरु भएको डढेलो इटन र हर्स्ट क्षेत्रका बस्तीमा फैलिएको छ । सबैभन्दा धेरै प्रभावित क्षेत्रको पहिलो नम्बरमा प्यालिसेड्स छ । प्यालिसेड्सको २३ एकडभन्दा बढी क्षेत्रमा आगो फैलिएको र जम्मा १४ प्रतिशत हिस्सामामात्र आगो नियन्त्रणमा सफलता मिलेको बीबीसीले जनाएको छ । आगो निभाउन ५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ ।

    आगोबाट अति प्रभावित क्षेत्रको दोस्रो नम्बरमा इटन छ । यसको १४ हजार एकड क्षेत्रमा आगो फैलिएको छ र ३३ प्रतिशत हिस्सामा मात्र नियन्त्रणमा लिन सकिएको छ । यसको अर्थ ३३ प्रतिशत क्षेत्रमा आगो निभाइएको नभई आगो फैलिन नदिइएको हो ।  अहिले पनि १४ हजार १ भन्दा बढी क्षेत्रमा आगो बलिरहेको छ ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij