काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्गत आज भएको खेलमा नामिबियाविरुद्ध नेदरल्याण्डले ५९ रनको जित हाँसिल गरेको छ । नेदरल्याण्डले दिएको २४७ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको हो ।
नामिबियाका लागि फा्रइलिन्क र ग्रिनले सर्वाधिक ४२ रनको योगदान दिए । कोट्जेले २६, ट्रुपलम्यान र स्मिथले १९ रन र निकोलले ११ रनको योगदान दिए भने अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।