काठमाडौं । अमेरिकामा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ। आगलागीमा परेर अमेरिकाको लस एन्जलस र क्यार्लिफोनियामा २४ को मृत्यु भएको हो।
क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण कूल २४ जनाको मृत्यु भएको काउन्टी अफ लस एन्जलस डिपार्टमेन्ट अफ मेडिकल एग्जामिनरले जनाएको छ। हिजो १६ जनाको मृत्यु भएको जनाएको लस एन्जलस प्रशासनले आज थप ८ जनाको मृत्यु भएको जनाएको हो।
क्यालिफोर्नियाका मौसमविद्हरूले आगामी दिनमा तीव्र गतिमा हावा चल्ने चेतावनी दिएका छन्। जसका कारण आगलागी अझ भीषण हुने आशंका गरिएको छ। आगोले बस्तीसहित ३८ हजार एकडभन्दा बढी जमिन जलेर खरानी भइसकेको छ।
हालसम्म सयौँ घर र गाडीहरू जलेका छन् । जीवित व्यक्तिहरूलाई सहरमा फैलिएको बाक्लो धुवाँका विषाक्त कणहरू सास फेर्नबाट बच्न बाहिर समय बिताउन वा मास्क लगाउन चेतावनी दिइएको थियो ।
पालिसेड्स आगलागी शनिबार ११ प्रतिशत नियन्त्रणमा थियो तर २३ हजार ६०० एकड (९,५०० हेक्टर) सम्म फैलिएको थियो भने इटन आगलागी १४ हजार एकडमा फैलिएको र १५ प्रतिशत नियन्त्रणमा थियो ।