काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा दिन जाने परीक्षार्थीको हाजिरी अनलाइन पोर्टलमार्फत गर्न मिल्ने व्यवस्था लागू गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै वार्षिक परीक्षा प्रणाली अन्तर्गत चार वर्षे स्नातक तह प्रथम वर्ष २०८१ का नियमित परीक्षार्थीहरूका लागि यो सुविधा उपलब्ध गराइएको जानकारी दिएको हो ।
परीक्षार्थीको हाजिरी सजिलो र व्यवस्थित बनाउने उद्देश्यले त्रिविले उपत्यकाभित्र र बाहिरका परीक्षा केन्द्रहरूलाई अनलाइन पोर्टल उपलब्ध गराएको छ । सोही पोर्टलबाट प्रयोग गरी परीक्षा कार्यालयले परीक्षार्थीको हाजिरी अनलाइन प्रणालीबाट गर्न सक्छन् ।
परीक्षा केन्द्रमा पुगेपछि परीक्षार्थीले अनलाइन पोर्टलमा आफ्नो हाजिरी गराउनुपर्नेछ । त्रिविले परीक्षार्थीका लागि ल्याएको अनलाइन हाजिरी प्रणालीबारे सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।