काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
आइतबार प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।