ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभीले तिर्‍यो १५ करोड डलर

ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभीले तिर्‍यो १५ करोड डलर

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभीले तिर्‍यो १५ करोड डलर

    काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पबारे झुठो सामग्री प्रकाशित, प्रसारित गरेको मुद्दामा एबीसी न्यूजले १५ मिलियन डलर जरिवाना तिर्नु पर्ने भएको छ । ट्रम्प ‘बलात्कार का लागि जिम्मेवार’रहेको भन्दै एबीसी न्यूजले आफ्नो अनलाइन पोर्टलमा एक समाचार सामग्री प्रकाशित गरेको थियो । तर, अहिले गल्ती स्वीकार गर्दै मामिला सल्टाउन  १५ मिलियन डलर भर्न तयार भएको हो । 

    सम्झौता अनुसार अब एबीसी न्यूजले राष्ट्रपति निर्वाचित डोनाल्ड ड्रम्पले स्थापित गरेको फाउण्डेशन वा राष्ट्रपतिको नामबाट स्थापित संग्रहालय अथवा धर्मार्थ योगदानका रुपमा १५ मिलियन डलर भर्नेछ । 

    यस्तै, ट्रम्पको कानूनी फी’का लागि एक मिलियन डलर भुक्तानी गर्न समेत एबीसी सहमत भएको छ । त्यति मात्रै नभई सम्झौता अनुरुप एबीसीले १० मार्च २०२४ मा अनलाइन समाचार सामग्रीको मुनि सम्पादकको नोट (भूलसुधार) पोष्ट गर्नेछ ।   

    उसले जर्ज स्टेफानोपोलोसले १० मार्च २०२४ मा एक साक्षात्कारका दौरान लगाएको आरोपबारे समेत एउटा खेद प्रकाशित गर्ने बताइएको छ । जर्जले उक्त साक्षात्कारका क्रममा एक कंग्रेस सदस्यलाई चुनौति दिँदै बारम्बार वक्तव्यबाजी गरेका थिए ।  

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij