आठ महिनामा स्वदेश फर्किए झण्डै १० लाख अफगानी शरणार्थी

आठ महिनामा स्वदेश फर्किए झण्डै १० लाख अफगानी शरणार्थी

सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • आठ महिनामा स्वदेश फर्किए झण्डै १० लाख अफगानी शरणार्थी

    काबुल । विगत आठ महिनामा इरान, पाकिस्तान र टर्कीएबाट झण्डै १० लाख अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । कुल नौ लाख ७० हजार अफगानी शरणार्थी स्वदेश फर्किएका हुन् ।

    शरणार्थी तथा स्वदेश फिर्ता सम्बन्धी मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले भने, ‘तिनीहरूमध्ये करिब ८८ हजार पाकिस्तान, करिब पाँच हजार टर्कीए र बाँकी इरानका छन् ।’

    मन्त्रालयले जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार करिब ७० लाख अफगानी शरणार्थी विदेशमा बस्दै आएका छन् । यसमध्ये अधिकांश अफगानिस्तानको छिमेकी पाकिस्तान र इरानमा रहेका छन् ।

    अफगान कार्यवाहक सरकारले अफगान शरणार्थीहरूलाई विदेशमा शरणार्थीको रूपमा बस्न बन्द गर्न र युद्धले क्षतिग्रस्त आफ्नो देशको पुनर्निर्माणमा योगदान दिन स्वदेश फर्किन बारम्बार आग्रह गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij