कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आज आंशिक बदली हुने

कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आज आंशिक बदली हुने

शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आज आंशिक बदली हुने

    काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज कोशी  र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ । 

    विभागका अनुसार आज दिउँसो कोशी , गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

    आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै शनिबार बिहान तराई तथा उपत्यका  धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले  सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij