बीउबिजन वितरणमा प्रविधिको प्रयोगले कृषिमा सुधार हुनेछ : मन्त्री अधिकारी

बीउबिजन वितरणमा प्रविधिको प्रयोगले कृषिमा सुधार हुनेछ : मन्त्री अधिकारी

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • बीउबिजन वितरणमा प्रविधिको प्रयोगले कृषिमा सुधार हुनेछ : मन्त्री अधिकारी
    काठमाडौँ । कृषि तथा पशपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विश्व प्रविधिको युगमा प्रवेश गरेसँगै बीउबिजनको क्षेत्रलाई पनि प्रविधिमा आधारित बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन्।
     
    बीउसम्बन्धी निर्माण गरिएको सफ्टवयेर  देसिस–२ को  आज यहाँ शुभारम्भ गर्दै मन्त्री अधिकारीले कृषिलाई सूचना प्रविधिसँग जोड्न जरुरी रहेको बताए । यसो भयो भने मात्र कृषि क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुने उनले बताए । बीउबिजनको वितरणलाई डिजिटलाइजेसन प्रणालीमा लैजाने कार्यले समग्र कृषि क्षेत्रमा सुधार देखिने उनको भनाइ थियो । 
     
    “सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरिरहँदा यसको तुलनात्मक लाभ कृषि क्षेत्रले समेत लिनुपर्छ”, मन्त्री अधिकारीले भने  । कृषि, पर्यटन, ऊर्जा र बृहत्तर पूर्वाधार निर्माण नेपालको विकासका लागि अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले कृषिलाई प्रविधिमा आधारित बनाइरहँदा डिजिटल साक्षरता पनि आवश्यक रहेको बताए । 
     
    मन्त्री अधिकारीले सफ्टवेयरमार्फत गुणस्तरीय बीउबिजनमा किसानको सहज पहुँच हुने विश्वास व्यक्त गरे । विभिन्न दातृसंस्थाको सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रमार्फत यो सफ्टवयेर निर्माण गरिएको  हो  । यसमार्फत तीनै तहका सरकारबीच बीउबिजन वितरणलाई डिजिटलाइजेसन गरी गुणस्तरीय बीउमा किसानको पहुँच कायम हुने केन्द्रका प्रमूख बेनुप्रसाद प्रसाईंले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij