रूसले रातारात युक्रेनमाथि गर्यो १८८ ड्रोन आक्रमण

रूसले रातारात युक्रेनमाथि गर्यो १८८ ड्रोन आक्रमण

मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • रूसले रातारात युक्रेनमाथि गर्यो १८८ ड्रोन आक्रमण

    काठमाडौं । रूसले युक्रेनमाथि रातारात १८८ वटा ड्रोन आक्रमण गरेको छ । युक्रेनी सेनाले मंगलबार रूसले रातारात १८८ वटा ड्रोन आक्रमण गरेको जनाएको छ ।

    ड्रोन आक्रमणका कारण युक्रेनी भवनहरू तथा ‘महत्वपूर्ण पूर्वाधार’मा क्षति पुगेको सेनाले जनाएको छ ।

    पछिल्लो समयमा मस्को र किभले ड्रोन र मिसाइल आक्रमण बढ्‍दै गएका छन् । युक्रेनले भर्खरै रूसमा अमेरिकी लामो दूरीका मिसाइलहरू प्रहार गरेको छ भने क्रेमलिनले प्रयोगात्मक हाइपरसोनिक मिसाइल (कटुस मिसाइ)ले जवाफ दिएको छ ।

    सेनाले रूसले मानवरहित अज्ञात ड्रोनहरू प्रहार गरेको जनाउदै ड्रोनहरू इरानी डिजाइनका रहेको उल्लेख गरेको छ । सेनाले १७ स्थानमा ७६ वटा रुसी ड्रोन खसालेको तथा अन्य ९५ वटा इलेक्ट्रोनिक रक्षात्मक प्रणालीद्वारा ड्रोन खसालिएको जनाएको छ ।

    युक्रेनको राजधानी किएभ सहरका अधिकारीहरूलाई उदृत गर्दै हवाई सतर्कता पाँच घण्टा चलेको र त्यहाँ दश वटा रूसी ड्रोनहरू खसालिएको एएफपीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij