नेतन्याहु, ग्यालेन्ट र डिफविरुद्ध आईसीसीको पक्राउ पुर्जी जारी

नेतन्याहु, ग्यालेन्ट र डिफविरुद्ध आईसीसीको पक्राउ पुर्जी जारी

शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • नेतन्याहु, ग्यालेन्ट र डिफविरुद्ध आईसीसीको पक्राउ पुर्जी जारी

    काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरायलका प्रधानमन्त्री र पूर्व रक्षामन्त्रीका साथै हमासका सैन्य कमाण्डरलाई पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले युद्ध अपराधको आरोपमा इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षामन्त्री योभ ग्यालान्टलाई पक्राउ पूर्जी जारी गरेको हो । 

    हमासका सैन्य कमाण्डर मोहम्मद डेफको लागि पनि वारेन्ट जारी भएको बीबीसीले जनाएको छ । यद्यपि गएको जुलाईमा गाजामा हवाई आक्रमणमा परेर मोहम्मदको ज्यान गइसकेको इजरायलले दाबी गरिरहेको छ ।

    आईसीसीका न्यायाधीशहरूले इजरायल र हमास बीचको युद्धको क्रममा कथित युद्ध अपराध र मानवता विरुद्धको अपराधका लागि उनीहरु तीन जनाले आपराधिक जिम्मेवारी लिनुपर्ने उचित आधारहरु रहेका बताएका छन् । तर इजरायल र हमास दुवैले आरोप अस्वीकार गरेका छन् ।

    पक्राउ पुर्जी लागू गर्ने वा नगर्ने भन्ने विषयमा आईसीसीका एक सय २४ सदस्य राष्ट्रहरूको निर्णयमा निर्भर हुने खबरमा उल्लेख छ । यी सदस्य राष्ट्रमा इजरायल र यसको मुख्य सहयोगी संयुक्त राज्य अमेरिका समावेश छैनन् ।

    अमेरिकाले आईसीसीको निर्णय अस्वीकार गरेकामा अरु धेरै युरोपेली देशहरूले अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij