इन्डोनेसियामा ज्वालामुखी विस्फोट, खरानी फैलिएपछि बाली जाने–आउने धेरै उडान रद्द

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, खरानी फैलिएपछि बाली जाने–आउने धेरै उडान रद्द

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • इन्डोनेसियामा ज्वालामुखी विस्फोट, खरानी फैलिएपछि बाली जाने–आउने धेरै उडान रद्द

    काठमाडौं । एन्डोनेसियाको लेवोटोबी ज्वालामुखी विस्पोटपछि अस्ट्रेलिया, हङकङ, भारत, मलेसिया र सिङ्गापुरलगाएतका एयरलाइन्सहरूले बुधबार इन्डोनेसियाको रिसोर्ट टापु बाली जाने उडानहरू रद्द गरेका छन् ।

    ज्वालामुखीले विमानस्थल नजिकैको आकाशको केही किलोमिटर टाढादेखि खरानीले टावरलाई ढाकेपछि उडानहरु रद्द गरिएको एयरलाइन्सहरूले जनाएका छन् ।  अष्ट्रेलियाको जेटस्टार, क्वान्टास र भर्जिन अष्ट्रेलियाले फ्लोरेस टापुको माउन्ट लेवोटोबी लाकी–लाकीले एक दिन अघि सबै उडानहरू रद्द गरेका थिए । 
     
    मलेसिया एयरलाइन्स, एयरएशिया, भारतीय इन्डिगो र सिङ्गापुरको स्कुट एयरलाइन्सले पनि बुधबार उडानहरू रद्द गरेको एएफपीलाई प्राप्त सूचनामा उल्लेख छ । हवाई मार्गको वरपर ज्वालामुखीको खरानी फैलिएका कारण विमानको सुरक्षित सञ्चालनमा खतरा खडा भएपछि उडान रद्द गर्ने घोषणा एयर एशियाले जनाएको छ ।  

    हालैका हप्ताहरूमा १ हजार ७ सय ३ मिटरको उचाइबाट ज्वालामुखी विस्फोट हुँदा नौ जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएको तथा ११ हजारभन्दा बढी प्रभावितहरूलाई  सुरक्षित स्थानमा सारिएको इन्डोनेसियाको प्रकोप न्युनिकरण निकायले जनाएको छ । 

    विष्फोटपछि उडेको खरानी र धुलोले विमानको शिशा र हवाई मार्गलाई छेक्ने र विमान उडानका लागि आवश्यक भिजिविलिटी कम हुने जोखिम रहने र धुलाले इन्जिनहरूलाई क्षतिसमेत पुर्याउन सक्ने जनाइएको छ । 
     
    यसैगरी, हङकङको क्याथे प्यासिफिक एयरलायन्सले पनि बिहीबारसम्म बाली जाने र त्यहाँबाट फिर्ता हुने उडानहरू रद्द गरिएको जनाएको छ ।  इन्डोनेसियामा ज्वालामुखीको प्रभावका कारण अस्ट्रेलियाले हालको उडान तालिकामा केही परिवर्तन गरेको तथा सिड्नी र मेलबर्नका लागि तय गरिएका  उडानहरू रद्द गरिएको  जनाएको छ ।  

    जेटस्टारले बाली जाने सबै उडानहरू बिहीबार दिउँसोसम्म रोकिने बताएको छ । इन्डोनेसियामा माउन्ट लेवोटोबीमा ज्वालामुखी विस्फोटका कारण कारण उडानहरू सुरक्षित नभएकाले उडान बन्द गरेको  जेटस्टार कम्पनीले जनाएको छ ।  

    लेवोटोबीबाट आएको ज्वालामुखीको खरानीका कारण बालीको डेनपासर विमानस्थल जाने उडानहरू अवरुद्ध भएको क्वान्टासले पनि जनाएको छ । मलेसिया एयरलाइन्सले आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै बुधबार छ वटा उडानहरू रद्द गरेको जनाएको छ । एयरलाइन्सले ज्वालामुखीको अवस्थाको निगरानी गरी उडानहरू अद्यावधिक गराउने जनाएको छ ।

    बालीको अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक अहमद स्योगी साहाबले विस्पोटका कारण मङ्लबार १२  वटा आन्तरिक तथा २२ वटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताउनु भएको छ ।

    यसैबीच, बालीको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन शाखाले बुधबार आफ्नो हवाई क्षेत्रमा परीक्षण गर्दा ज्वालामुखीको हानीकारक खरानी फेला नपरेको उल्लेख गर्दै विमानस्थल सामान्य रूपमा सञ्चालन भइरहेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij