पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, १० जना बेपत्ता

पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, १० जना बेपत्ता

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, १० जना  बेपत्ता

    उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । 

    एक विवाह समारोहबाट फर्कंदै गरेको २५ जना यात्रु बोकेको बस मङ्गलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले बुधबार एएफपीलाई जानकारी दिएको छ।

    उद्धारका लागि घटनास्थमा खटिनुभएका वजीर असद अलीले भने, “बसमा २५ जना सवार थिए र अहिलेसम्म १४ जनाको शव निकालिएको छ भने १० जना अझै हराइरहेका छन् ।” गिलगिट–बाल्टिस्तानको पहाडी क्षेत्रका प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij