भक्तपुर अस्पताललाई बागमती प्रदेशको उत्कृष्ट पुरस्कार

भक्तपुर अस्पताललाई बागमती प्रदेशको उत्कृष्ट पुरस्कार

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • भक्तपुर अस्पताललाई बागमती प्रदेशको उत्कृष्ट पुरस्कार

    भक्तपुर । भक्तपुर अस्पतालले बागमती प्रदेशको उत्कृष्ट पुरस्कार पाएको छ । बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिदै पुरस्कृत भएको हो । 

    बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०÷८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरुको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको बताइएको छ ।

    अस्पतालकी निर्देशक डा सुमित्रा गौतमका अनुसार, मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले बुधबार अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । 

    भक्तपुर अस्पतालले यसअघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो । अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेखि एमआरआई सेवा सञ्चालन गर्ने अन्तिम तयारी भएको डा गौतमको भनाई छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij