लुक्लामा एकै दिन १७७ उडान, भित्रिए ११५५ पर्यटक

लुक्लामा एकै दिन १७७ उडान, भित्रिए ११५५ पर्यटक

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • लुक्लामा एकै दिन १७७ उडान, भित्रिए ११५५ पर्यटक

    काठमाडौं । एक सातापछि मौसम खुलेसँगै लुक्ला विमानस्थलमा एकै दिन ११ सय ५५ सय पर्यटक भित्रिएका छन् । प्रतिकूल मौसमका कारण रामेछापको मन्थली र काठमाडौंमा बसिरहेका पर्यटक हवाईमार्गमार्फत लुक्ला आइपुगेका हुन् ।

    सोमबार मन्थली र काठमाडौंबाट तारा, समिट र सीता एयर गरी ३ कम्पनीका ४७ जहाजले उडान गरेका छन् । विभिन्न कम्पनीका हेलिकोप्टरले पनि १ सय ३० वटा उडानमार्फत पर्यटकलाई लुक्ला ल्याएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाले जनाएकाे छ ।

    सोमबार बिहानैदेखि मौसम अनुकूल भएसँगै उडान गरिएको हाे । 

    तारा एयरका १६, सीता एयरका १५ र समिट एयरका १६ गरी ४७ उडान भएको छ । जहाजमार्फत ५ सय ७५ विदेशी र हेलिकोप्टरबाट ५ सय ८० गरी ११ सय ५५ जना पर्यटक भित्रिएका छन् । मन्थलीमा अड्किएर बसेका सबै पर्यटकको उद्धार भइसकेको छ ।

    यसअघि पर्यटकको उद्धारका लागि कहिले नेपाली सेनाको जहाज र कहिले हेलिकोप्टर प्रयोग गर्ने रक्षामन्त्रीले बताए पनि कुनै पनि उद्धार उडान भएन । खराब मौसमकै कारण लुक्लामा अड्किएका साढे ५ सय पर्यटक पनि मन्थली फर्किएका छन् । शरद् ऋतुको पर्यटकीय सिजनमा मौसम प्रतिकूल भएकै कारण पर्यटक सगरमाथा क्षेत्र जान सकेका थिएनन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij