पाथीभरामा एकै दिन पुगे ५ हजार बढी भक्तजन

पाथीभरामा एकै दिन पुगे ५ हजार बढी भक्तजन

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • पाथीभरामा एकै दिन पुगे ५ हजार बढी भक्तजन

    ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आज एकै दिन झन्डै ६ हजार दर्शनार्थी पुगेका छन् । दसैँको टीका पछि चहलपहल बढेको पाथीभरामा आज एकै दिन ५ हजार ९ सय ८३ जना भक्तजन पुगेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सङ्ख्या गत असोजभरको तुलनामा बढी हो ।
     
    यही असोज महिनामा पाँच हजार नौ सय ४९ जना भक्तजन पाथीभरा आएका थिए । दसैँअघि बाढी र पहिरोले देशका विभिन्न क्षेत्रका सडक अवरुद्ध हुँदा पाथीभरामा भक्तजनको आगमन न्यून थियो । पाथीभरामा विशेषगरी बडादसैँ र चैतेदसैँका समयमा सबैभन्दा धेरै भक्तजनको भीडभाड हुने गरेको छ ।

    पाथीभराको मुख्य ‘सिजन’ मानिने यो समयमा दर्शनार्थीको सहजताका लागि पाथीभरा क्षेत्र विकास समितिले आवश्यक तयारीहरू समेत गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij