काठमाडौं । नेशनल कन्फ्रेन्स पार्टी (एनसीपी) का नेता उमर अब्दुल्ला जम्मू कश्मीरको मुख्यमन्त्री बनेका छन् । उनले बुधबार मुख्यमन्त्रीको शपथ लिएका हुन् । हालै सम्पन्न विधानसभा निर्वाचनमा एनसीपी–कांग्रेस गठबन्धनले बहुमत पाएको थियो ।
९० सदस्यीय विधानसभामा एनसीपीको एक्लैले ४२ सिट जितेको छ भने गठबन्धनको अर्को दल कांग्रेसेले ६ सिट जितेको छ । गठबन्धनले बहुमतको आँकडा पार गरेको छ । यस्तो अवस्थामा उमर अब्दुल्लालाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
कम्युनिस्ट पार्टी अफ इण्डिया, आम आद्मी पार्टीका साथै स्वतन्त्र सांसदहरुको समेत अब्दुल्लालाई समर्थन छ । यसअघि सन् २००९ मा उमर अब्दुल्ला कांग्रेस–एनसी गठबन्धनमा जम्मू–कश्मीरको मुख्यमन्त्री पनि थिए ।