बन्दीपुरमा विदेशी पर्यटकलाई पनि दसैंको टीका

बन्दीपुरमा विदेशी पर्यटकलाई पनि दसैंको टीका

आइतवार, आश्विन २७ २०८१
आइतवार, आश्विन २७ २०८१
  • बन्दीपुरमा विदेशी पर्यटकलाई पनि दसैंको टीका
    दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले पनि नेपालीको महान चाड बडा दसैँको टीका लगाएका छन् । बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटकले शनिबार दसैँको टीका लगाएका हुन् । 
     
    बन्दीपुरस्थित होटल हिमालय दरबारमा बसेका उनीहरुलाई होटल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए । होटलका सञ्चालक वैश गुरुङले दसैैँको टीका र जमरा लगाएपछि पर्यटकले खुसी व्यक्त गर्दै यस चाडको बारेमा सोधपुछ गरेको बताए । 
     
    उनका अनुसार, नेपालीको रीतिरिवाज र कलासंस्कृतिबारे विदेशी पर्यटक उत्सुक भएका थिए । केही दिनदेखि बन्दीपुर भ्रमणमा रहेका विदेशी पर्यटकलाई दसैँ टीका लगाएर बिदाइ गरेको उनको भनाइ छ । दसैँ सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको गुरुङले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij