सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा आर्थिक सहयोग

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा आर्थिक सहयोग

मंगलवार, आश्विन २२ २०८१
मंगलवार, आश्विन २२ २०८१
  • सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा आर्थिक सहयोग
    काठमाडौँ । हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् । 
     
    प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको सरकारी निवासमा आज कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालसहित सञ्चालक सदस्यले रु दुई करोडको चेक हस्तान्तरण गरे। 
     
    यसैगरी, नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुँवरले रु पाँच लाख ५५ हजार ५५५ को चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij