काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।