सरकारले खुलायो जग्गा कित्ताकाट

सरकारले खुलायो जग्गा कित्ताकाट

मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • सरकारले खुलायो जग्गा कित्ताकाट

    काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गा वर्गीकरणका लागि आगामी असार मसान्तसम्मको समय थप गर्दै कित्ताकाट खोल्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जानकारी दिए ।

    यसका लागि सरकारले भू–उपयोग नियमावली, २०८० संशोधन गरेको छ । यसअघि जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको थियो ।

    देशभरका ७५३ पालिकामध्ये १३३ पालिकाले मात्रै हालसम्म पूर्ण जग्गा वर्गीकरण गरेको नापी विभागले जनाएको छ ।

    पालिकाहरूले जग्गा वर्गीकरण नगर्दा भदौयता जग्गा वर्गीकरण हुन बाँकी पालिकामा कित्ताकाट रोकिएको थियो । तर, सरकारले जग्गा वर्गीकरणका लागि समय थप गर्दै कित्ताकाट खुलाएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij