काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार पनि सुनको मुल्य १ सय रुपैयाँले बढेको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।