काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।