काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शनिबार हालसम्मकै उच्च पुगेको सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँले घटेको हो ।
शनिबार प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज घटेर १ लाख ५२ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य आज प्रतितोला १७ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।